PahiloPost

May 24, 2026 | १० जेठ २०८३

वनमन्त्री भण्डारी र अमेरिकी राजदूतबीच भेटवार्ता



रासस

काठमाडौँ : वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन बि टेप्लिज्ले भेटवार्ता गरेका छन्।
 
मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री भण्डारीले वन मन्त्रालय नेपालको जैविक विविधता संरक्षणको क्षेत्रमा अमेरिकी राजदूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोगसँग मिलेर काम गर्न चाहेको बताए।
 
वन्यजन्तुको अपराध सबैका साझा चुनौतीका रुपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले वन्यजन्तु अपराध नियन्त्रणमा अमेरिकी सरकारले अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएको सहयोगको प्रशंसा गरेको उनको निजी सचिवालयले जनाएको छ।
 
भेटमा राजदूत टेप्लिज्ले जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेका उपलब्धि अन्य मुलुकका लागि पनि अनुकरणीय रहेको उल्लेख गर्दै प्राकृतिक संरक्षणका परियोजनामा अमेरिकाले पुर्‍याउँदै आएको सहयोग आगामी दिनमा थप वृद्धि हुँदै जाने विश्वास दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell