PahiloPost

May 24, 2026 | १० जेठ २०८३

चिनी मिलमा कार्यरत भारतीय कामदार मृत भेटिए



रासस

महोत्तरी : महोत्तरीको गौशालामा एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन्। गएराति गौशाला नगरपालिका–३ स्थित एभरेस्ट चिनी मिल रामनगरमा कार्यरत भारत दरभङ्गा कर्मापट्टीका ६० वर्षीय जोगीदासको शव सडकको छेउमा फेला परेको छ।
 
चिनी मिलको आफ्नो ड्युटी सम्पन्न गरी औषधि खरिद गर्नका लागि चिनी मिल गेटबाट बाहिर निस्केका दास साँझ ८ बजेको समयमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
 
शव नजिकबाट बिरामीपुर्जी र औषधि फेला परेकाले मृतक विगत केही दिनदेखि बिरामी अवस्थामा रहेको प्रहरीको अनुमान रहेको छ। शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell