PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

​४ सय ५८ पदका लागी ७६ हजारको आवेदन



रासस

​४ सय ५८ पदका लागी ७६ हजारको आवेदन

काठमाडौं : लोकसेवा आयोगले नायब सुब्बापदका लागि मागेको आवेदनमा १ सय ६६ गुणा बढी आवेदन परेको छ । 
आयोगले ४ सय ५८ पदका लागी आवेदन माग गरेको थियो।

त्यसका लागि ७६ हजार तीन सय ९९ जनाको आवेदन  दिएको दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले बताए।
आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग गरेको थियो ।

अनलाइनमार्फत फाराम भरेकामध्ये ६७ हजार आठ ९८ जनाले आयोगमार्फत तथा अन्यले हुलाकमार्फत शुल्क बुझाएको उनले जानकारी दिए।

उनका अनुसार पाँच विकास क्षेत्रबाट आवेदकले फाराम भरेका थिए । प्रथम श्रेणी समूहमा नासुका लागि प्रशासन, परराष्ट्र, राजस्व, लेखा र न्यायसेवातर्फ विज्ञापन गरिएको थियो । नासुको यही फागुन २८ गते परीक्षा हुँदैछ ।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell