PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

पोखरामा साढे ३ करोड लागतमा अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास



रासस

पोखरामा साढे ३ करोड लागतमा अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास

पोखरा : राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गरेका छन्।
 
करिब तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५० प्रतिशत प्राप्त हुने र बाँकी स्थानीयवासीबाट जनसहयोग परिचालन गरिने सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिए।
 
शिलान्यासपछि बोल्दै सदस्य–सचिव विष्टले फेवातालको नामले चिनिने गरेको पोखरालाई अब खेलकूद नगरीको रुपमा चिनाउने गरी परिषद्ले उच्च प्राथमिकताका साथ व्यवस्थित र आधुनिक बनाउन पूर्वाधार विकासमा लगानी गर्न लागेको बताए।
 
अर्को वर्ष पोखरामा ३० खेल समावेश गरिएको राष्ट्रिय खेलकूद परिषद् च्याम्पिनसीप प्रतियोगिता सञ्चालन गरिन लागिएको जानकारी दिँदै सन् २०१९ को फेब्रुअरीमा नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकूद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनसहितका सात खेल पोखरामा सञ्चालन गरिने विचार व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell