PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बाजुरा–काठमाडौँ डिलक्स बस सञ्चालन



रासस

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस छुट्ने भएको छ। सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताएका छन्।
 
उनले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको बताए। बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि बस सेवा सञ्चालन हुने भएको छ। बाजुराबाट काठमाडौँ जान धनगढी हुँदै काठमाडौँको टिकट काटेर जानुपर्ने बाध्यता भने हटेको छ।
 
मार्तडीबाट काठमाडौँको यात्रा गर्ने बस सञ्चालनमा आएपछि जिल्लावासीलाई सहज भएको यात्रु कोल्टी गाविस–८ की झोपु बुढाले बताए।
 
सुदूरपश्चिम यातायात जिल्ला प्रतिनिधि सुरत शाहले मार्तडीदेखि काठमाडौँको रु दुई हजार ८०० भाडा कायम गरिएको बताए।
 
आजै बिहान ७:३० बजे उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले रिबन काटेर बस सेवा सञ्चालन गरेका थिए। आज चारजना यात्रु काठमाडौँ गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell