PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

हत्याका फरार अभियुक्त छत्तीस वर्षपछि जेल चलान



रासस

रुकुम : जिल्ला अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ। जिल्लाको चुनवाङ–४ भेडिडाँडामा २०३७ साल कात्तिक ३ गते भएको चार जनाको सामूहिक हत्याकाण्डका अभियुक्त रुँघा–६ का धनबहादुर खत्रीलाई अदालतले ३६ वर्षपछि जेल चलान गरेको हो।

घटनाका मुख्य अभियुक्त रुघाँ–६ कै मनबहादुर खत्री भने अझै बेपत्ता रहेको बताइएको छ। उनीहरुले एकै परिवारका चारजनाको हत्या गरेका थिए भने तीनजनालाई घाइते बनाएका थिए। सो घटनामा तुलसी खड्का, सर्केनी खड्का, प्रतिमान खड्का र तृथाकुमारी खड्काको हत्या भएको थियो भने उक्त परिवारकै नन्दकुमारी खड्का, भूपबहादुर खड्का र विर्सु खड्का घाइते भएका थिए।

घटनामा दोषी पाइएपछि जिल्ला अदालत रुकुमले २०४० साल जेठ ३ गते मनबहादुरलाई सर्वश्वसहित जन्मकैद र धनबहादुरलाई ५ वर्षको जेल सजाय सुनाएको थियो।

तर घटनाको फैसला हुनुअघि नै क्षेत्रीय अदालतले २०३८ साल साउन १९ मा दुवैलाई तारेखमा छाडेर घटनाको अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसपछि घटनाका अभियुक्त दुवैजना फरार भएका थिए। प्रहरीले गत माघ २७ गते खत्रीलाई आफ्नै घरबाट पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell