PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

छ सय भूकम्पपीडित परिवार अझै पालमा



रासस

काठमाडौँ : भूकम्प गएको दुई वर्ष हुनलाग्दा पनि काठमाडौँको चुच्चेपाटीस्थित ताराचौरमा अहिले पनि छ सय परिवार पालमा बस्न बाध्य छन्।
 
नुवाकोट र सिन्धुपाल्चोकमा यी परिवारले कुनै पनि राहत नपाएको गुनासो गरेका छन्। भूकम्पपीडित सुस्मिता थापाले सानो पालमुनि आठ/नौ जना बस्नुपर्दा निकै गाह्रो भएको बताइन्।
 
उनले भनिन्, 'हामीले कुनै राहत पाउन सकेनौँ, पिउने पानी, शौचालयको निकै समस्या छ, बालबच्चा र वृद्धवृद्धालाई रुघाखोकी र ज्वरो आउने समस्या भएको छ।'
 
राहत नपाएर गाउँ फर्कन नसकेका कारण जीवन गुजार्न पनि मजदुरी गर्नुपरेको भूकम्पपीडितले बताए। थापाले चौरको पालमा बस्दा महिला पनि असुरक्षित बन्दै गएकाले सरकारलाई राहत सहयोगका लागि आग्रह गरे।
 
चौरमा सञ्चालन भएका साना होटलमा आई रक्सी सेवन गर्न आएका पुरुषले पालमा बस्ने महिला र युवतीलाई अपशब्द बोल्ने र दुव्र्यवहार गर्ने गरेको उनीहरुले गुनासो गरेका छन्।
 
पीडितले सरकार र प्रशासनसँग राहत र सुरक्षाको मागसमेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell