PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

साझाले सुरु गर्‍यो उपत्यकामा रात्रिकालीन बससेवा, कुनकुन रुटमा चल्छन्? थाहा पाउनुस्



रासस

साझाले सुरु गर्‍यो उपत्यकामा रात्रिकालीन बससेवा, कुनकुन रुटमा चल्छन्? थाहा पाउनुस्

काठमाडौँ : साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ।

रात्रिकालीन बस सेवा सञ्चालनका लागि जहाँबाट चढेर जहाँ झरे पनि रु २५ भाडा कायम गरिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। सेवा राति ८:३० बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। बसमा सिसीटिभी र टेलिभिजनको पनि व्यवस्था गरिएको साझा यातायातले जनाएको छ।

मङ्गलबार रातिदेखि यो सेवा सञ्चालनमा ल्याइएको हो। यस्ता छन् रुटहरु-

  • पहिलो रुट
लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल–वीर अस्पताल–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज–गङ्गालाल अस्पताल–बाँसबारी न्यूरो अस्पताल पुगेर सोही मार्गबाट लगनखेल फर्कने।
  • दोस्रो रुट
न्यूरोडस्थित नेपाल वायुसेवा निगम अघिबाट बानेश्वर–कोटेश्वरसम्म।
  • तेस्रो रुट
नेपाल वायुसेवा निगमबाटै कालीमाटी हुँदै कलङ्की।
  • चौथो रुट
रोडबाट ठमेल–सोह्रखुट्टे हुँदै नयाँबसपार्कसम्म।
  • पाँचौँ रुट
न्यूरोड गेटबाटै नयाँबानेश्वर–एयरपोर्ट–गौशाला हुँदै चाबहिलसम्म।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell