PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

फरार कैदी पाँच वर्षपछि पक्राउ



रासस

नवलपरासी : कैद फैसला भई फरार भएको पाँच वर्षपछि एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। कावासोती नगरपालिका–८ बस्ने वर्ष २४ को विनोद खतिवडालाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो।
 
२०६८ सालमा वन पैदावार मुद्दामा पाँच महिना १४ दिन कैद फैसला हुँदा फरार खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो। निजलाई प्रहरीले बिहीबार नै जिल्ला अदालत उपस्थित गराइएकामा जिल्ला कारागार चलान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell