PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

खैरो हेरोइनसहित सिरहामा एक पक्राउ



रासस

लहान : लागुऔषध खैरो हेरोइनसहित प्रहरीले सिरहाको कसहाबाट आज एक युवकलाई पक्राउ गरेको छ।
 
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कसहाबाट खैरो हेरोइनसहित सिरहाको गोलबजार– ६ निवासी भक्ति राईलाई पक्राउ गरेको हो।
 
पक्राउ परेका राईको साथबाट तीन ग्राम खैरो हेरोइन बरामद भएको इलाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए।
 
पक्राउ परेका राईले पूर्वी नेपालको काँकडभीट्टा पारी भारतीय बजार पानीट्याङ्कीबाट लागुपदार्थ हेरोइन ल्याई सिराहाको गोलबजार, मिर्चैया, उदयपुरको कटारी लगायतको क्षेत्रमा बेच्ने गरेको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell