PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

ग्यास सिलिन्डर पड्किँदा आठ जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर



रासस

इटहरी : सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० वर्षीय सोमराज माझी, मोरङ गछियाकी ३२ वर्षीया तारा मण्डल र नाम नखुलेका एक पुरुष रहेका छन्। घाइते सबैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार बेलुन फुलाउने क्रममा ग्यास सिलिन्डर विष्फोट भएको थियो। ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी भलुवा नगरपालिका– ६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साहलाई पक्राउ गरी आवश्यक सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताए।

शिवरात्रि पर्वका अवसरमा पूजाअर्चनाका लागि मन्दिरमा भेला भएका भक्तजनको भीडभाड भएको स्थानमा अकस्मात बेलुन फुलाइरहेका बेला ग्यास सिलिन्डर विस्फोट भएकाले धेरै मानिस घाइते हुनपुगेको पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell