PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र जनक शिक्षाले छाप्ने



रासस

स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र जनक शिक्षाले छाप्ने

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ।
 
आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले केन्द्रको स्थलगत निरीक्षण गरी मतपत्र छपाइलगायतको कार्यका विषयमा छलफल गरेपछि उक्त निर्णय गरेको हो।
 
मतपत्र छपाइका लागि आवश्यक पर्ने जनशक्ति, प्रेसको अवस्था तथा अन्य प्राविधिक तथा सुरक्षात्मक हिसाबले पनि केन्द्र नै उपयुक्त रहेको निष्कर्षका आधारमा मतपत्र छपाइको कार्य केन्द्रले नै गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।
 
 
आयोग पदाधिकारीले केन्द्रको सम्पूर्ण अवस्था एवम् छपाइको सम्पूर्ण कार्यका बारेमा समेत चासो राखेको र केन्द्रका पदाधिकारीले आयोगले दिने सम्पूर्ण जिम्मेवारी समयमा नै निर्वाह गर्ने वचन दिएका थिए।
 
२०३६ सालको जनमत सङ्ग्रहदेखि हालसम्मका सबै निर्वाचनको मतपत्र केन्द्रले नै छाप्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell