PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

भारतीय राजदूत रञ्जित रे भन्छन्- 'नेपालका योजनाबारे नरेन्द्र मोदीले मलाई सोध्छन्'



रासस

भारतीय राजदूत रञ्जित रे भन्छन्- 'नेपालका योजनाबारे नरेन्द्र मोदीले मलाई सोध्छन्'

काठमाडौं : नेपालका लागि भारतीय राजदूत रन्जीत रेले नेपाल र भारतको समृद्धिले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएका गरेका छन्।
 
नीति अनुसन्धान प्रतिष्ठान नेपालले शनिबार राजधानीमा राजदूत रे को बिदाइमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुवै देश समृद्धिको मार्गतर्फ बढिसकेकाले अहिले देखिएका समस्या समाधान हुने आशा व्यक्त गरे। 'नेपाल समृद्धितर्फ बढिरहेको छ,' राजदूत रेले भने, 'समृद्धिबाट नेपाल र भारतबीच देखिएका सानातिना समस्या समाधान हुन्छन्।'
 
नेपाल शान्ति, स्थायित्व र समृद्धितर्फ बढिरहेकाले आफू निकै आशावादी भएको भन्दै उनले नेपालीहरुको विकासप्रेमको खुलेर प्रशंसा गरे। आफूले नेपालीहरुको निकै माया पाएको भन्दै उनले धन्यवाद व्यक्त गरे।
 
आफूले सकारात्मक भावनाले नेपालमा कार्यकाल बिताएको स्मरण गर्दै उनले भने, 'मैले नेपालमा रहँदा जे गरेँ राम्रो भावनाले गरेँ। कहिले हीन भावना आएन र हीनभावनाले काम गरिनँ।'
 
दुवै देशबीचको सम्बन्ध अझ नजिकिँदै गएको भन्दै उनले पूर्वाधार विकास, जलविद्युत र कटेक्टिभिटीमा निकै प्रगतिभएको उल्लेख गरे।
 
भारत सधैँ नेपालको हितको पक्षमा रहेको र आफ्नो कार्यकालमा विकासका ठूला आयोजनाहरु अगाडि बढेको उनको भनाइ थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको विकासप्रति निकै गम्भीर भएको बताउँदै उनले अगाडि बढ्न नसकेका आयोजनाहरुबारे आफूलाई सोध्ने गरेको सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell