PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

बिजुक्छेले भने, 'सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा निर्वाचन गर्नुपर्छ'



रासस

बिजुक्छेले भने, 'सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा निर्वाचन गर्नुपर्छ'

भक्तपुर : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन्।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा सांसद बिजुक्छेले स्थानीय निर्वाचन नगराउनका लागि विदेशी चलखेल सुरु भएको विचार व्यक्त गर्दै मुलुकभर एकैदिन सम्भव नभए खण्डखण्डमा भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिए।

उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गर्दै सरकारले चाहेमा तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell