PahiloPost

May 24, 2026 | १० जेठ २०८३

टेलिसेन्टर सुचारु नहुँदा जाजरकोटका सेवाग्राही मर्कामा



रासस

जाजरकोट : जिल्ला हुलाक कार्यालयमार्फत सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा नारामै सीमित भएको छ।
 
स्थापना कालदेखि नै टेलिसेन्टर सेवा विद्युत्को अभावमा प्रभावकारी नहुँदा सेवाग्राहीले सेवा नपाएको गुनासो गदै आएका थिए। सरकारले जिल्ला हुलाकमार्फत जिल्लावासीलाई इन्टरनेट, फोटोकपीलगायतका सेवा प्रवाह गर्ने भने पनि सबै काम नारामै सीमित भएको सेवाग्राहीले बताएका छन्।
 
जिल्ला हुलाकमै सेवा दिन नसकेको अवस्थामा ग्रामीण क्षेत्र रहेका हुलाकमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने प्रश्न खडा भएको छ। भरपर्दो इन्टरनेट, विद्युत् र कम्प्युटर नहुँदा सेवा दिन नसकेको हुलाकको भनाइ छ।
 
दैनिक सेवा लिन स्थानीय गए पनि खाली हात फर्कने गरेको पाइएको छ। त्यसैगरी हुलाक कार्यालयमा कर्मचारीको अभावमा काम गर्न निकै मुस्किल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell