PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

प्रतीक्षालयमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी



रासस

रत्ननगर (चितवन) : चितवनको रत्ननगर नगरपालिका–८ स्थित भानुचोकमा एक पुरुष मृत भेटिएका छन्। 
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार भानुचोकस्थित प्रतीक्षालयमा अन्दाजी ४५ वर्षका जस्तो देखिने पुरुष मृत भेटिएका हुन्। उनको पहिचान खुलेको छैन। 
 
स्थानीयवासीले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शवको मुचुल्का गरी अहिले शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जनाएको छ।
 
माथि चेक सर्ट, कालो कोट, तल कालो पाइन्ट लगाएको पुरुष व्यक्ति भएकाले यस्तो कपडा लगाएको व्यक्ति कोही हराएको भए प्रहरीमा सम्पर्क गरी शव बुझ्न आज एक सूचनामार्फत प्रहरीले आग्रह गरेको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell