PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

भारतमा एक नेपाली मृत अवस्थामा भेटिए



रासस

भारतमा एक नेपाली मृत अवस्थामा भेटिए

बैतडी : भारतमा काम गर्न गएका एक नेपाली मृत अवस्थामा फेला परेका छन्।
 
मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।
 
भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताए। उनका अनुसार मृतक कुँवरको टाउकोमा गम्भीर चोट रहेको र नाक तथा कानबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो।
 
मृतक कुँवर दुई दिनअगाडि मात्रै बिहेमा काम गर्न भनी भारत गएको प्रहरीले बताएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell