PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

स्ववियु निर्वाचन १८ गते सारिए पनि धादिङका तीन क्याम्पसमा भने भोलि नै



रासस

धादिङ : यही फागुन १८ गते स्ववियुको निर्वाचन हुने कार्यतालिका रहेकोमा धादिङमा निर्वाचन हुने आठ वटा क्याम्पसमध्ये तीनवटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुने भएको छ। 
 
यही फागुन १४ गते नै निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनबीच सहमति भई निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको र निर्वाचनका लागि तयारी पूरा गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन समितिका संयोजक बद्री कोइरालाले बताए। 
 
निर्वाचन हुने क्याम्पसमा धादिङबेसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पस, गजुरीस्थित आदर्श बहुमुखी क्याम्पस र खानीखोलास्थित मच्छिन्द्र बहुमुखी क्याम्पस रहेका छन्। बाँकी पाँच क्याम्पसमा फागुन १८ गते नै निर्वाचन हुनेछ। 
 
संयोजक कोइरालाका अनुसार निर्वाचनमा नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले प्रतिस्पर्धा गरिरहेको र नीलकण्ठ क्याम्पसमा सातसय ७९, आदर्श क्याम्पसमा एकसय २६ र मच्छिन्द्र क्याम्पसमा ६३ जना विद्यार्थी मतदाता रहेका छन्।
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell