PahiloPost

May 24, 2026 | १० जेठ २०८३

काठमाडौं महानगरपालिकामा अब ३२ वडा



रासस

काठमाडौं महानगरपालिकामा अब ३२ वडा

काठमाडौँ : यसअघि ३५ वडा रहेको काठमाडौँ महानगरपालिकामा अबदेखि ३२ वडा कायम भएको छ।
 
स्थानीय निकाय पुनःसंरचना आयोगको सिफारिसका आधारमा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदानस्थल र मतदान केन्द्र सिफरिस गर्न ३२ वटा वडा पहिचान गरी पठाएको छ। सो विषयमा कामपाले आज वडाका प्रशासकीय प्रमुखलाई बोलाएर सात दिनभित्र कार्यसम्पन्न गर्न निर्देशन दिएको कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिए।
  
भट्टराईका अनुसार साबिक वडा नं २२ र २४ मिलाएर हालको वडा नं २२, साबिक २५ र २६ मिलाएर २४, त्यसैगरी २७ र २८ मिलाएर २५ बनाइएको छ। यसअघि वडा नं २७ अब २६, भएको छ भने वडा नं ३० चाहिँ २७ भएको छ। एकतिस वडा नं २८ र ३२ नं २९ भएको छ। ३३ नं ३०, ३४ नं ३१ र ३५ नं ३२ वडा नं कायम गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell