PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

स्ववियु चुनाव : काभ्रेका दुई क्याम्पसमा उम्मेदवारी दर्ता स्थगन



रासस

बनेपा : धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा आज मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ।
 
विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता स्थगित भएको धुलिखेल क्याम्पस स्ववियु निर्वाचन आयुक्त दीपक गौतमले जानकारी दिए।
 
पनौतीस्थित इन्द्रेश्वर क्याम्पसमा पनि विद्यार्थी भर्नाको विषयलाई लिएर उम्मेदवारी दर्ता स्थगित भएको छ। यस्तै काभ्रेपलान्चोकका त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त अन्य १४ वटा विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
 
हरेक दुई वर्षमा हुने स्ववियु निर्वाचन यसपटक आठ वर्षमा हुँदैछ। यसपटक स्ववियु निर्वाचनकै इतिहासमा २८ वर्षको उमेर हद र मिश्रित चुनाव प्रणाली अवलम्बन गरिने भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell