PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

मन्दिरमा करेन्ट लाग्दा एकको मृत्यु



रासस

महोत्तरी : महोत्तरीको गौशालामा अवस्थित जल्पामाई मन्दिरमा करेन्ट लाग्दा सर्लाही श्रीनगरका ३७ वर्षीय सुशील साहको मृत्यु भएको छ।

आज बिहान सो मन्दिरको परिसरमा रहेको पिपलको रुखमा चढेर पात काट्ने समयमा उनको ११ हजार भोल्टेजको बिजुलीको तारबाट करेन्ट प्रवाह भई मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell