PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

चिकित्सकमाथि हातपात गरेको विरोधमा अस्पतालको सेवा ठप्प



रासस

तिलोत्तमा (रुपन्देही) : लुम्बिनी अञ्चल अस्पताल बुटबलमा बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको विरोधमा बिहानैदेखि चिकित्सकले सुरक्षाको माग गर्दै सेवा अवरुद्ध गराएका छन्।
 
आइतबार साँझ उपचारका लागि आएका बुटबल–१५ बेलबासका लीलबहादुर गुरुङको उपचारमा स्वास्थ्यकर्मीले बेवास्ता गरेको जनाउँदै डा. सलाउद्दिन मियाँलाई बिरामीका आफन्तले हातपात गरेको अस्पतालले जनाएको छ।
 
गुरुङका छोराले चिकित्सकलाई झापड हानेको र आकस्मिक सेवामा रहेका स्वास्थ्यकर्मीलाई गालीगलोज गरेको चिकित्सकले बताएका छन्। घटनाको विरोध गर्दै सेवा अवरुद्ध बनाइएपछि उपचारमा आएका बिरामी अलपत्र परेका छन्।
 
चिकित्सकले दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सेवा अवरुद्ध गरेका हुन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र सञ्जेलले घटनाका विषयलाई लिएर दुवै पक्षबीच वार्ता भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell