PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

पोखरामा प्रजातन्त्र दिवसका अवसरमा प्रभातफेरी



रासस

पोखरा : राष्ट्रिय प्रजातन्त्र दिवस एवम् प्रथम निर्वाचन दिवसका अवसरमा आज पोखरामा प्रभातफेरी गरिएको छ।
 
पोखरास्थित सिर्जनाचोकबाट सुरु भएको प्रभातफेरी जिल्ला विकास समिति कास्कीको सभाहलमा गएर सम्पन्न भएको थियो।
 
कार्यक्रममा सांसद यज्ञबहादुर थापाले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि नेपालीले विभिन्न चरणमा लामो सङ्घर्ष गरेको बताउँदै ती सङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदको बलिदानीकै कारण देश वर्तमानसम्म आइपुगेको चर्चा गरे।
 
देशमा उपलब्धिको रक्षा एवम् संविधानको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले र अबको वर्षलाई निर्वाचन वर्ष नै घोषणा गरी सबै निर्वाचनमा जुट्नुको विकल्प नभएको बताए।
 
सांसद सीता गिरीले निर्वाचन र प्रजातन्त्रबाट नै जनताको समृद्धि प्राप्त हुने कुरामा जोड दिँदै सबै राजनीतिक दलमा एकता र सहकार्य आवश्यक रहेको विचार व्यक्त गरिन्।
 
कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले निर्वाचनको माध्यमबाट देशमा राजनीतिक स्थिरता कायम गरी नेपालको दिगो विकासलाई सबैले प्राथमिकता दिनुपर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell