PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

विद्यालयको भवनबाट लडेर दृष्टिविहीन छात्राको मृत्यु



रासस

बाबियाचौर (म्याग्दी) : दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ।
 
मृत्युहुनेमा लुलाङ–७ लमसुङका आठ वर्षीया यममाया विक रहेका छन्। म्याग्दीको पिप्ले–९ मौवाफाँटस्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा २ मा अध्ययनरत उनको आइतबार साँझ मृत्यु भएको हो।
 
विद्यालयमा निर्माणाधीन भवनबाट लडेर रडमा ठोक्किँदा घाइते भएकी उनको उपचारका लागि बेनी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ।
 
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिप्रका म्याग्दीका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell