PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङमा नुन उत्खनन प्रक्रिया थाल्यो



रासस

मुस्ताङ : आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ। मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमुना परीक्षण गरेको हो।
 
तेताङमा नुनखानीको पहाड भए पनि त्यसको उत्खनन र प्रयोग नहुँदा खेर गइरहेकाले गत वर्षदेखि सरकारले यसलाई प्राथामिकतामा राखेर उत्खननका लागि प्रक्रिया अघि बढाएको सहसचिव गिरीले जानकारी दिए।
'यहाँको नुनखानी उत्खननको सम्भावना उच्च छ, गत वर्ष पनि एक टोलीले यसको अध्ययन गरेको थियो’, उनले भने, ‘अहिले पनि हाम्रो टोलीले आवश्यक नमुना लिएको छ, खानीलाई प्रयोगमा ल्याउने गरी छिट्टै काम अघि बढ्छ।'
 
विगतमा निःशुल्क नुन उपभोग गर्दै आएका तेताङवासीले पनि तत्काल उत्खननको काम थाल्न टोलीलाई आग्रह गरेका थिए। स्थानीयवासी घुली गुरुङले उत्खनन गर्न छाडेपछि नुनखानी अलपत्र बनेको युवा पेमा दोर्जे गुरुङले जानकारी दिए। 'गत वर्ष पनि अध्ययनका एक टोली आएको थियो, अब देखिने काम हुनुपर्छ', उनले भने। त्यहाँ उत्खनन गरिएको नुनले २० वर्ष अघिसम्म तेताङ र सिङ्गो मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी र बाग्लुङ जिल्लामा समेत निर्यात हुने गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell