PahiloPost

May 24, 2026 | १० जेठ २०८३

मोरङ पत्रकार महासङ्घको अध्यक्षमा पोखरेल विजयी



रासस

विराटनगर : नेपाल पत्रकार महासङ्घ मोरङको बाह्रौँ अधिवेशनबाट अध्यक्ष पदमा बन्धु पोखरेल विजयी भएका छन्।
 
त्यसैगरी, उपाध्यक्षमा कुमोद अधिकारी, उपाध्यक्ष (महिला)मा सुशीला पाठक, इन्दिरा भट्टराई निर्वाचित भएका छन्। दुवै जनाले समान मत ल्याएका हुन्।
 
यस्तै सचिवमा अर्जुन आचार्य, सहसचिव (समावेशी) मा सत्यनारायण शर्मा, कोषाध्यक्षमा सन्तोष सिग्देल निर्वाचित भएका छन्।
 
सदस्यमा खुल्लातर्फबाट ध्रुब भट्टराई, हरि अधिकारी, कौशल निरौला, सरोज बस्नेत, श्रीमन्त भट्टराई र सुमन घिमिरे विजयी भएका छन् भने आरक्षिततर्फ ज्योति चौहान (महिला) प्रेम देवान (आदिवासी) र नवीन कर्ण (मधेसी) सदस्य पदमा विजयी भएका छन्।
 
केन्द्रीय पार्षद्‍मा अजित तिवारी, विजय खतिवडा, विक्रम लुइँटेल, विक्रम निरौँला, विनोद भण्डारी, गोकुल पराजुली, कमल रिमाल, लीलाबल्लभ घिमिरे, महेन्द्र विष्ट, मोहन भण्डारी, सञ्जीव खनाल, उद्धव घिमिरे, यज्ञप्रसाद शर्मा निर्वाचित भएका छन्।
 
यस्तै महिला आरक्षित पदमा विनु तिम्सिना, ललिता भट्टराई, शान्ति गौतम दाहाल, उमा थापा पोखरेल विजयी भएका छन्।
 
एक सय ८३ जना मतदातामध्ये १७५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell