PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

बाटो काट्न खोज्दा साइकलयात्रीको मृत्यु



रासस

रत्ननगर (चितवन) : चितवनको भरतपुरमा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ।
 
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार रत्ननगरबाट नारायणगढतर्फ जाँदै गरेको बा३ख २२७४ नंको मिनीबसले साइकलयात्रीलाई ठक्कर दिँदा भरतपुर उपमहानगरपालिका–२१ निवासी ५२ वर्षका रामबहादुर बयलकोटीको मृत्यु भएको हो।
 
साइकलमा चढेर बाटो काट्ने क्रममा उनलाई बुधबार साँझ करिब ६ बजेतिर गाडीले भरतपुरको रिजालचोक नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ।
 
ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने बस र त्यसको चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell