PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

खाद्य संस्थान बाजुराले ६० क्विन्टल फापर खरिद गर्दै



रासस

बाजुरा : रैथाने बाली संरक्षण गर्ने योजनाअनुसार नेपाल खाद्य संस्थान बाजुरा शाखाले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ।

जिल्ला कृषि विकास कार्यालयको पहपल र सो शाखाको आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. रामकृष्ण श्रेष्ठको भनाइ छ।

उनले जिल्लामा उपलब्ध स्थानीय तथा रैथाने बाली प्रवर्द्धन गरी जिल्लाको खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुदृढ गर्न फापर खरिद गर्न लागेको बताए।

जिल्लाबाट आव २०७३/०७४ का लागि ६० क्विन्टल फापर प्रतिकेजी रु ५५ का दरले खरिद गर्न कृषक वर्गलाई आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell