पाल्पा : लुम्बिनी मेडिकल कलेज, पाल्पाले ‘शिक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ।
कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई ‘शक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनाका लागि रु सात लाखको चेक हस्तानन्तरण गरेका हुन्।
शाखा अध्यक्ष अर्यालले पुरस्कार स्थापनाले स्वास्थ्य क्षेत्रका विकृति विसङ्गति न्यूनीकरण तथा यससम्बन्धी सकारात्मक समचार लेखनलाई बढाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।