PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

दाजुलाई बचाउन खोज्दा भिरबाट लडेर दाजुभाइको मृत्यु



रासस

बैतडी : भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ।

मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए। साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभीरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ।

दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए। घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell