PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • धुर्मुस सुन्तली फाउन्डेसनलाई मुसहर बस्तीका लागि अढाई करोड अपुग

    महोत्तरी : आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाई करोड रकमको आवश्यकता देखिएको छ। धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आज बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन्। पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हाँस्य कलाकार महजोडीसहित एक…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान सुरु

    पथरी (मोरङ) : विराटनगर उपमहानगरवासीले मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान चलाएका छन्।   विराटनगरमा मदिराको बिक्री र खानपानले सामाजिक विकृति बढाएकाले सो अभियान चलाएको संयुक्त टोल सङ्गठनका संयोजक राजेश मास्केले बताए।   मास्केका अनुसार विराटनगर–१ मा मदिरा बेच्ने व्यवसायी र भट्टी चलाउनेलाई कोठा भाडामा नदिन अभियान सुरु भएको छ। स्थानीयवासीको पहलमा सुरु भएको अभियानअन्तर्गत घरधनीलाई भट्टी चलाउने र…

    विस्तृतमा पढ्नुस्

  • माग पूरा नभएको भन्दै स्थानीय निकायका कर्मचारी आन्दोलित

    भद्रपुर : आफ्ना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरी कार्यालय अगाडि धर्नामा बसेका छन्। जिविस झापा अगाडि धर्नामा बसेका कर्मचारीले स्थानीय विकास अधिकारी खेमराज ओझालाई कार्यालयभित्र पस्न दिएनन्। कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ। स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम भएको र यसबाट…

    विस्तृतमा पढ्नुस्

  • ७२ घन्टाका लागि नेपाल–भारत सीमानाका बन्द

    कञ्चनपुर : भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन्।   भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेब्रुअरी १५ तारिख (फागुन ४ गते) राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन्। दोधारा चाँदनी र बेलौरी सीमा नाका आज साँझदेखि बन्द हुने छन्।   यसैगरी, बेलडाँडी र त्रिभुवन…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुमको एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

    तेह्रथुमको एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

    तेह्रथुम : जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन्। तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताइन्। गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार वटा अकबरे…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र स्थापना

    धनगढीमा स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र स्थापना

    कैलाली : क्रिकेट प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्रको आइतबार धनगढीमा औपचारिक रुपमा उद्घाटन भएको छ। क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षण गर्नका लागि झन्डै ८ लाखको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भएको हो। निजी क्षेत्रबाट धनगढी क्रिकेट एकेडेमीले कलिला क्रिकेटर खेलाडीलाई प्रशिक्षण गराउँदै आएकामा क्रिकेटर पदम केसीले धनगढीमा अर्को सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • साहुको ऋण नतिर्ने महिला जेल चलान

    गौशाला : महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ।   जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृती देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताएका छन्।   औरही–९ बस्ने साहु रामदिनेश सिंहसित लिएको कर्जा चुकाउन नसक्दा महिला यादवमाथि साहु सिंहले महोत्तरी जिल्ला अदालतमा मुद्दा दिएकामा अदालतले…

    विस्तृतमा पढ्नुस्

  • छुरा प्रहारबाट कैदीको मृत्यु भएपछि कारागारमा सुरक्षा चुनौती

    वीरगन्ज : क्षमताभन्दा दोब्बर कैदीबन्दी भएको र फितलो सुरक्षा व्यवस्थाका कारण वीरगन्ज करागारभित्र अहिले सुरक्षा चुनौती बढ्दै गएको छ। आन्तरिक सुरक्षाको जिम्मा नाइकेलाई दिनु, बेलाबखत कैदीबन्दीबीच झडप भई साङ्घातिक आक्रमण हुनुजस्ता कारणले अहिले कारागारभित्र सुरक्षा चुनौती बढ्दै गएको हो। कारागारभित्र पुसको दोस्रो साता एक कैदीको छुरा प्रहारबाट घाइते भएका राजन बानियाँको उपचारका क्रममा मृत्यु भएपछि अन्य कैदीबन्दी असुरक्षित र भयभीत…

    विस्तृतमा पढ्नुस्

  • सुस्तावासीको पीडा : जग्गाधनी पुर्जा छ, जग्गा छैन

    पुरुषोत्तम सुवेदी नवलपरासी : सुस्ता भन्ने बित्तिकै आमनेपालीको मन एकपटक चसक्क दुख्छ। नेपाली समाजमा सुस्ता र सुस्तावासीको पीडा सबैलाई थाहा छ।   सुस्तामा बसोबास गर्ने नेपाली समुदायसँग आफ्नो जग्गाको जग्गाधनी पुर्जा त छ तर उनीहरुका साथमा अहिले जमिन भने छैन। विकासको दृष्टिकोणले निकै पछि परेको नवलपरासीको त्रिवेणी सुस्ता गाविस–४ मा अवस्थित सुस्ता एउटा गाउँ हो। सुस्तामा जान अहिले पनि नारायणी…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल चोरी गर्ने पक्राउ

    डडेल्धुरा : मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से १ प ७७८७ नंको रामबहादुर शाहीको मोटरसाइकल गत माघ २५ गते राति चोरी भएपछि परेको उजुरीअनुसार प्रहरीले चोरीमा संलग्न रौलेश्वर गाविस–१, बैतडीका मुकेशप्रसाद भट्ट, अमरगढी–५का यज्ञराज पाठक र भारत भुरेखाम घर भई हाल अमरगढी नगरपालिकाको स्याउले बस्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • पुननिर्माण कोष परिचालन खाका बनाउन समिति गठन

    काठमाडौँ : राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनःनिर्माण कोष परिचालनको खाका निर्माण गर्न मुख्यसचिवको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सचिव सदस्य रहेको समिति गठन गरेको छ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको समितिको बैठकले समितिलाई परिचालनको खाका ल्याउन एक हप्ताको समय दिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।   'प्राधिकरणमा परेका गुनासाको…

    विस्तृतमा पढ्नुस्

  • १५ वर्षीया छोरीमाथि जबर्जस्ती गर्न खोज्ने बाउ प्रहरी नियन्त्रणमा

    लहान : आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजारबाट एक जनालाई पक्राउ गरेको छ।   इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो।   आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बुबालाई पक्राउ गरिएको इप्रका, गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • २४ हजार युवालाई राष्ट्रिय युवा परिषद्‍बाट ५ लाखसम्म विना धितो ऋण दिने तयारी

    काठमाडौँ : राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई विना धितो ऋण प्रदान गर्ने तयारी गरेको छ। मानव विकास तथा जागरण मञ्चले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्यविधि तयार भएका युवासँग आवेदन मागेको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • माग सम्बोधन नभएको भन्दै जिविस रसुवामा तालाबन्दी

    रसुवा : स्थानीय निकायका कर्मचारीको आन्दोलन चर्किंदै गएपछि कर्मचारीले जिविस तथा गाविसको कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही मर्कामा परेका छन्।   स्थानीय निर्वाचनको घोषणा, स्थानीय निकायका कर्मचारीलाई समायोजन गर्दा योग्यता, क्षमताका आधारमा जिम्मेवारी दिइनुपर्ने, अस्थायी तथा करारमा कार्यरत कर्मचारीका लागि उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै माघ १९ गतेदेखि आन्दोलनरत कर्मचारीले आफ्नो माग सम्बोधन नभएकाले जिविस, जिल्ला प्राविधिक कार्यालय र गाविसहरुमा तालाबन्दी…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेका सात स्ववियु निर्वाचन कार्यालयमा विप्लव माओवादी विद्यार्थीद्वारा ताला

    धुलिखेल : नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन्। आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो।   बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगङ्गा बहुमुखी क्याम्पस र इन्द्रेश्वर क्याम्पस, धुलिखेल क्याम्पस धुलिखेल, सर्वमङ्गला बहुमुखी क्याम्पस, पाँचखाल र डेडीथुम्का पब्लिक…

    विस्तृतमा पढ्नुस्

  • फागुनभित्रमा निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट दबाब : शङ्कर पोख्रेल

    फागुनभित्रमा निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट दबाब : शङ्कर पोख्रेल

    कैलाली : नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताएका छन्।   प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताए।   संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उनको भनाइ थियो। उनले प्रदेशको सीमाङ्कन गर्दा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको सङ्ख्या बढी सिफारिस भयो : अध्यक्ष पौडेल

    रुकुम : स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले अहिले सिफारिस गरेको स्थानीय तहको सङ्ख्या बढी रहेको बताएका छन्।   स्थानीय तहको पुनर्संरचनाको अवस्थाका बारेमा आज यहाँ भएको अन्तर्क्रिया कार्यक्रममा उनले 'बढीमा तीन सय स्थानीय तह हुनुपर्नेमा राजनीतिक दलका कारण नेपालमा ७१९ स्थानीय तह बनाउन आफूहरु बाध्य भएको बताए।'   अध्यक्ष पौडेलले आयोगले सिफारिस गरेको सङ्ख्या बढी भएको कुरा…

    विस्तृतमा पढ्नुस्

  • बैंकबाट २३ लाख रकम चोरी गर्ने पक्राउ

    धनगढी : नेपाल इन्भेस्टमेन्ट बैंक धनगढीबाट हराएको रकम बैंककै एक कर्मचारीले गत हप्ता चोरी गरेको खुलेको छ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैंकको रु २३ लाख ४४ हजार चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। निजले माघ २८ गते बैंकको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरीको माटो सर्वेक्षण, सयौँ वर्षपछि पोखरी सफा गरिँदै

    रानीपोखरीको माटो सर्वेक्षण, सयौँ वर्षपछि पोखरी सफा गरिँदै

    काठमाडौँ : रानीपोखरी सफा गर्नुपूर्व आज पोखरीमा रहेको माटो सर्वेक्षण गरिएको छ। गत वर्ष वैशाख १२ को भूकम्पका कारण पोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो। उक्त पोखरी पुननिर्माणकै अवसर पारी सयौँ वर्षपछि सफा गर्न लागिएको हो। पोखरीमा रहेको माटोले सोस्नुपर्ने भन्दा बढी पानी सोसेकाले खानी तथा भूगर्भ विभागले उक्त माटो सर्वेक्षण गरेको रानीपोखरीको पुननिर्माणको…

    विस्तृतमा पढ्नुस्

  • माग पूरा नभएको भन्दै जिविस झापाका कर्मचारी आन्दोलित

    भद्रपुर : आफ्ना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरेका छन्। कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ। स्थानीय निकाय ट्रेडयुनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम गरिएको बताइएको छ।   कर्मचारीले काम नगरेपछि जिल्ला विकास समिति झापामा आउने सेवाग्राही मर्कामा परेका छन्। आफ्ना माग पूरा नभए फागुन १…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell