PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

माग पूरा नभएको भन्दै जिविस झापाका कर्मचारी आन्दोलित



रासस

भद्रपुर : आफ्ना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरेका छन्।

कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ। स्थानीय निकाय ट्रेडयुनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम गरिएको बताइएको छ।
 
कर्मचारीले काम नगरेपछि जिल्ला विकास समिति झापामा आउने सेवाग्राही मर्कामा परेका छन्। आफ्ना माग पूरा नभए फागुन १ गते दिनभरि कार्यालय बन्द गर्ने घोषणा समितिले गरेअनुरुप स्थानीय निकायका कर्मचारीले कार्यालयका काम ठप्प पारेको आन्दोलनमा सहभागी जिल्ला विकास समिति झापाका कर्मचारी जय तिमल्सेनाले बताए।
 
स्थानीय निकायको निर्वाचन अविलम्ब गर्नुपर्ने, नयाँ संविधानको मर्म र भावनाअनुरुप स्थानीय तहबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने साङ्गठनिक संरचना र जनशक्तिको व्यवस्था गर्नुपर्नेलयागतका माग राखिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell