PahiloPost

Jun 15, 2025 | १ असार २०८२

छुरा प्रहारबाट कैदीको मृत्यु भएपछि कारागारमा सुरक्षा चुनौती



रासस

वीरगन्ज : क्षमताभन्दा दोब्बर कैदीबन्दी भएको र फितलो सुरक्षा व्यवस्थाका कारण वीरगन्ज करागारभित्र अहिले सुरक्षा चुनौती बढ्दै गएको छ।

आन्तरिक सुरक्षाको जिम्मा नाइकेलाई दिनु, बेलाबखत कैदीबन्दीबीच झडप भई साङ्घातिक आक्रमण हुनुजस्ता कारणले अहिले कारागारभित्र सुरक्षा चुनौती बढ्दै गएको हो।

कारागारभित्र पुसको दोस्रो साता एक कैदीको छुरा प्रहारबाट घाइते भएका राजन बानियाँको उपचारका क्रममा मृत्यु भएपछि अन्य कैदीबन्दी असुरक्षित र भयभीत भएका छन्। करागारभित्रको आन्तरिक सुरक्षाको जिम्मा कैदी नाइके, सहनाइके तथा चौकीदारलाई दिएपछि उनीहरुले रकम दिने कैदीलाई केही नगर्ने तर रकम नदिनेलाई कुटपिट गर्ने गरेकाले कारागारभित्र सुरक्षा चुनौती बढ्न गएको एक कैदीको भनाइ छ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी तथा कारागार व्यवस्थापन समितिका संयोजक केशवराज घिमिरेसँग जिज्ञासा राख्दा उनले अहिले कारागारको सुरक्षा व्यवस्थाको जिम्मा सशस्त्र प्रहरीलाई दिएको र सुरक्षासम्बधी थप व्यवस्था गर्दै जाने बताए।

पाँच सय कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागारभित्र हाल २१० भारतीयसहित एक हजार २२७ कैदीबन्दी छन्। जसमध्ये महिला कैदी सङ्ख्या ८८ छ भने पाँचजना आश्रित बालबालिका छन्।

त्यसैगरी एक बङ्गलादेशी र एक पाकिस्तानी बन्दी छन्। कारागारभित्रको गोलघरमा सुरक्षाकर्मीसँगै चेस खेलेर बसिरहेका जेलर चक्रपाणि गौतमसँग सुरक्षा व्यवस्थाबारे जिज्ञासा राख्दा उनले कारागारभित्र रहेका कैदीबन्दीमध्ये त्यस्ता आपराधिक प्रवृत्तिका कैदीलाई निगरानीमा राख्ने काम भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell