PahiloPost

Jun 15, 2025 | १ असार २०८२

२४ हजार युवालाई राष्ट्रिय युवा परिषद्‍बाट ५ लाखसम्म विना धितो ऋण दिने तयारी



रासस

काठमाडौँ : राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई विना धितो ऋण प्रदान गर्ने तयारी गरेको छ।

मानव विकास तथा जागरण मञ्चले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्यविधि तयार भएका युवासँग आवेदन मागेको जानकारी दिए।

परिषद्ले प्रतिनिर्वाचन क्षेत्रबाट पहिलो चरणमा एक वडामा १० युवालाई रु पाँच लाखको निर्व्याजी ऋण उपलब्ध गराउने छ। त्यसमा ५० प्रतिशत महिला पर्नेछन्। सो ऋण प्रति वर्ष १० प्रतिशतका दरले सरकारलाई ऋण चुक्ता गर्नुपर्ने छ। कम्तीमा कक्षा ८ उत्तीर्ण युवाले कानुनबमोजिम समूह बनाएर व्यावसायिक परियोजना प्रस्ताव पेस गर्नुपर्ने छ।

उपाध्यक्ष ढुङ्गेलले यो कार्यक्रम सफल भएमा नेपालमा समृद्धिको यात्रा आरम्भ हुने बताए। युवा महिलाका लागि गरिनुपर्ने कार्यबारे राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनकुमारी सुनारले कार्यपत्र प्रस्तुत गर्दै युवा रोजगारी र सामाजिक सुधारका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट साझा पहल हुनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell