PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

रानीपोखरीको माटो सर्वेक्षण, सयौँ वर्षपछि पोखरी सफा गरिँदै



रासस

रानीपोखरीको माटो सर्वेक्षण, सयौँ वर्षपछि पोखरी सफा गरिँदै

काठमाडौँ : रानीपोखरी सफा गर्नुपूर्व आज पोखरीमा रहेको माटो सर्वेक्षण गरिएको छ।

गत वर्ष वैशाख १२ को भूकम्पका कारण पोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो। उक्त पोखरी पुननिर्माणकै अवसर पारी सयौँ वर्षपछि सफा गर्न लागिएको हो। पोखरीमा रहेको माटोले सोस्नुपर्ने भन्दा बढी पानी सोसेकाले खानी तथा भूगर्भ विभागले उक्त माटो सर्वेक्षण गरेको रानीपोखरीको पुननिर्माणको जिम्मा पाएको वर्ल्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिए।
 
आज गरिएको सर्वेक्षण नतिजा दुई दिनपछि मात्र आउनेछ। नतिजापछि उक्त माटो पोखरीमा रहनका लागि कतिको उपयुक्त छ भन्ने जानकारी पाइने खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् मोनुका झाले जानकारी दिइन्।
 
दुई वर्ष लगाएर वि.सं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ। धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’को पुननिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदैछ। गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका माछा बालाजु बाइसधारा र कमलपोखरीमा सारी पोखरी सफा गर्ने तयारी रहे पनि विविध कारणले गर्दा ढिला भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell