PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

विराटनगरमा मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान सुरु



रासस

पथरी (मोरङ) : विराटनगर उपमहानगरवासीले मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान चलाएका छन्।
 
विराटनगरमा मदिराको बिक्री र खानपानले सामाजिक विकृति बढाएकाले सो अभियान चलाएको संयुक्त टोल सङ्गठनका संयोजक राजेश मास्केले बताए।
 
मास्केका अनुसार विराटनगर–१ मा मदिरा बेच्ने व्यवसायी र भट्टी चलाउनेलाई कोठा भाडामा नदिन अभियान सुरु भएको छ। स्थानीयवासीको पहलमा सुरु भएको अभियानअन्तर्गत घरधनीलाई भट्टी चलाउने र मदिरा बेच्नेलाई घरभाडामा नदिन आग्रह गरिएको छ।
 
सो क्षेत्रका स्थानीयले अव्यवस्थित मदिरा व्यवसायका कारण विकृति बढेकाले स्थानीय भट्टाचोकदेखि पानीट्याङ्की चोकसम्म मदिरा निषेधित क्षेत्र घोषणा गरी भट्टी चलाउन नदिने भएका हुन्। स्थानीय लक्ष्मीनारायण मन्दिर पोखरीयाका अध्यक्ष खगेन्द्रप्रसाद पोखरेलले मदिरा व्यवसायका कारण समाजमा महिला हिंसा बढ्नुका साथै विपन्न समुदाय झन विपन्न हुँदै गएको बताए।
 
संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्केले सरकारको राजस्व सङ्कलन नीतिका कारण जथाभावी मदिरा पसलको लाइसेन्स बाँड्नाले यस्तो समस्या आइपरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell