PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

धुर्मुस सुन्तली फाउन्डेसनलाई मुसहर बस्तीका लागि अढाई करोड अपुग



रासस

महोत्तरी : आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाई करोड रकमको आवश्यकता देखिएको छ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आज बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन्।

पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हाँस्य कलाकार महजोडीसहित एक दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूद्वारा शिलान्यास भएको सो एकीकृत नमुना बस्तीको भवनको कार्य ३६ प्रतिशत सम्पन्न भएको अवस्थामा रु दुई करोड विभिन्न माध्यमबाट सङ्कलन भइसकेको अध्यक्ष धुर्मुसले बताए। बाँकी रहेको अपुग रकम सहयोगका लागि उनले सबैसँग सहयोग गरिदिन आग्रह गरेका छन्।

जसरी भए पनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell