PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

फागुनभित्रमा निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट दबाब : शङ्कर पोख्रेल



रासस

फागुनभित्रमा निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट दबाब : शङ्कर पोख्रेल

कैलाली : नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताएका छन्।
 
प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताए।
 
संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उनको भनाइ थियो। उनले प्रदेशको सीमाङ्कन गर्दा नेपालका पहाडी भू–भागलाई तराईसँग अलग गर्न नहुने पनि धारणा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell