PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

नेपाल टेलिकमले धरहरा पुननिर्माण योजना ल्याउने



रासस

नेपाल टेलिकमले धरहरा पुननिर्माण योजना ल्याउने

काठमाडौँ : गत वर्षको भूकम्पले भत्किएका धरहराको पुननिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्त रुपमा गर्ने भएका छन्।

नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुननिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको बताउँदै करिब ४२ रोपनी क्षेत्रफलमा पुननिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जानकारी दिए।

करिब चार अर्बको लगानीमा धरहरा पुननिर्माण हुनेछ। जसमध्ये जनताबाट रु ११ करोड संक्कलन गर्ने र बाँकी रकम टेलिकम आफैँले थप गर्ने सहप्रवक्ता अधिकारीले बताए।

यसरी धरहरा पुननिर्माण भइसकेपछि कम्तीमा ३० वर्ष आफ्नै स्वामित्वमा हुनुपर्ने र निर्माण गर्दा लागेको लगानी उठेपछि मात्र सरकारलाई धरहरा हस्तान्तरण गर्ने प्रस्ताव पनि टेलिकमले गरेको छ।

यदि सरकारले सो प्रस्ताव स्वीकार नगरे पुननिर्माणको जिम्मा नलिने पनि टेलिकमले स्पष्ट पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell