PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

साहित्यकार शर्मा मानार्थ प्राध्यापकका रुपमा सम्मानित



रासस

साहित्यकार शर्मा मानार्थ प्राध्यापकका रुपमा सम्मानित

काठमाडौँ : एमिटी विश्वविद्यालय भारत हरियाणाले साहित्यकार युयुत्सु आरडी शर्मालाई मानार्थ प्राध्यापकको रुपमा सम्मान गरेको छ।
 
आफ्नो सन् २०१६ को हालै आयोजित तेस्रो दीक्षान्त समारोहमा संस्थापक अध्यक्ष तथा कुलपति अशोक के चौहान, वर्तमान कुलपति असिम के चौहान र उपकुलपति पिबी शर्माले एमिटी विश्वविद्यालय गुडगावँमा साहित्यकार शर्माले अविचलित रही अङ्ग्रेजी कविताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न लागिपरेको र असाधारण सिर्जनशील गुण रहेकामा तथा उदाहरणीय एवं उच्च कविको छवि रहेकामा सो सम्मान दिइएको बताइएको छ।
 
'उनले सिर्जनशील लेखनको प्रशिक्षणमा पनि आफूलाई समर्पित गर्नुभएको छ' विश्वविद्यालयले भनेको छ। हिमाली कविका रुपमा परिचित शर्माका नेपाली अङ्ग्रेजीमा थुप्रै कविता, निबन्धसङ्ग्रह, अनुवाद र लेखरचना प्रकाशित छन्। निराला पब्लिकेसन्ससँग सम्बद्ध उनका नेपाली दैनिक पत्रिकाहरुमा बेलाबेलामा नेपाली र अन्तर्राष्ट्रिय साहित्यका बारेमा लेखहरु प्रकाशन हुँदै आएका छन्।
 
भ्रमणशील साहित्यकार एवं लेखकका रुपमा परिचित उनी हाल काठमाडौँमा छन्। उनले नेपाली हिमाली जनजीवनलाई कविता र लेखमार्फत विश्वभर प्रचारप्रसार गर्न पनि भूमिका खेलेका छन्। नेपाली कवितामा शैलेन्द्र साकारसँग मिलेर ‘कथ्य कायाकल्प’ आन्दोलन चलाएका शर्माका स्पेनी र फ्रान्सिसी भाषामा पनि कवितासङ्ग्रह प्रकाशन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell