PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

रारा क्याम्पसमा स्ववियु चुनाव स्थगित



रासस

मुगु : मुगु जिल्ला सदरमुकाम गमगढीमा रहेको रारा बहुमुखी क्याम्पसले सोमबार साँझ विज्ञप्ति निकाल्दै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित गरेको बताएको छ।
 
विद्यार्थी सङ्गठनले आफैँ सहमति गरेर पुनः सहमति तोड्दै गएको र क्याम्पसमा तनाव सिर्जना हुने अवस्था आएकाले चुनाव स्थगित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेपछि गत माघ २१ गते रारा क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका प्रतिनिधिको बैठक बसी माघ २८ बेलुका ५ बजेसम्म विद्यार्थी भर्ना गर्ने समय सीमा तोकेर निर्णय गरेका थिए।
 
तर माघ ८ सम्म नेपाल विद्यार्थी सङ्घले आफ्ना समर्थक विद्यार्थीको भर्ना गरे पनि अन्य सङ्गठनले विद्यार्थी भर्नामा ध्यान दिएनन्। नेपाल विद्यार्थी सङ्घका कार्यबाहक अध्यक्ष दीपक रावलले सबै सङ्गठनको सल्लाहमा सात दिनसम्म भर्ना गर्ने समय तोकेर निर्णय गरेपनि अन्य सङ्गठनले पुनः भर्ना समय थपौँ भनेर बखेडा झिक्दा क्याम्पस प्रशासनले पनि अकस्मात् निर्वाचन स्थगित गरेको बताए।
 
२०६५ सालमा भएको स्ववियु निर्वाचनमा रारा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले र अखिल क्रान्तिकारीको संयुक्त प्यानलले जितेको थियो।
 
रारा क्याम्पसका पूर्व स्ववियु सचिव प्रकाश शाहीले क्याम्पसले निर्णय नसच्याए कडा आन्दोलनमा उत्रने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell