PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

कास्कीमा चौध करोडको सुन्तला बिक्री



रासस

कास्कीमा चौध करोडको सुन्तला बिक्री

पोखरा : कास्कीमा यस वर्ष १४ करोड रुपैयाँको सुन्तला बिक्री भएको छ।
 
जिल्लामा यस वर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले जानकारी दिए।
 
विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको खत्रीको भनाइ छ।
 
यस वर्ष जिल्लामा ७८० हेक्टरमा सुन्तला लगाइएको छ। जिल्लाका कृस्तीनाच्नेचौर, खाल्टे, थुम्की, भरतपोखरी, निर्मलपोखरी र सल्यान सुन्तला उत्पादनका पकेट क्षेत्र मानिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell