PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प सञ्चालन गर्ने



रासस

काठमाडौँ : कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्त्रेप्रेनर्स हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प २०७३ आयोजना गर्ने भएको छ।

काठमाडौँमा आज आयोजित पत्रकार भेटघाटमा संस्थाका प्रतिनिधि रवि फुयालले व्यवसायलाई विस्तार गर्ने र सिर्जनात्मक विचारलाई बजारसम्म पुर्‍याउने अभिप्रायले काठमाडौँमा सो क्याम्प आयोजना गर्न लागेको बताए।

बुट क्याम्प कृषि व्यवसायमा संलग्न व्यवसायी एवम् व्यवसायतर्फ आकर्षित उद्यमीका लागि साताव्यापी तालिम र मार्गनिर्देश गर्ने कार्यक्रम हो। कार्यक्रममा उद्यमीमाझ विशेष छलफल, भेटघाट कार्यशाला गोष्ठी, तालिम र मार्गनिर्देशको व्यवस्था गरिने भएको छ।

आयोजक हवले प्राप्त निवेदन छनोट गरी सो बुट क्याम्पमा सरिक गराउन आधुनिक र बहुपन ढाँचामा आधारित विधि प्रयोग गर्ने भएको छ। हाल सञ्चालनमा रहेका कृषि व्यवसायमध्ये २० उत्कृष्ट परियोजनालाई अन्तर्वार्ता र मूल्याङ्कनबाट बुट क्याम्पका लागि छनौट गरिने छ।

साना तथा मझौला व्यवसायलाई हुर्काउन लगानीको सहजीकरण र जीवन्त उद्यमशीलता वातावरणका लागि योगदान दिन, सिकारु समुदायलाई सहयोग गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रमलाई विश्व बैंक समूहले सघाउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell