PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

सगरमाथा मार्गमा पर्ने १४ किलोमिटर सडक सञ्चालनमा



रासस

खोटाङ : जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ। सगरमाथा राजमार्गमा पर्ने गाईघाट–दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र सछितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो।

जिल्ला विकास समिति, गाविस तथा सामुदायिक वनको आर्थिक सहयोगमा चार वर्ष लगाएर निर्माण गरिएको सडक सञ्चालनमा आएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए।

फरक/फरक आर्थिक वर्षमा जिविसबाट प्राप्त रु १५ लाख, बतासे गाविसको रु १५ लाख, सछितापोखरी गाविसको रु ६० हजार, स्थानीय मार्से सामुदायिक वनको रु चार लाख, जोरमाटार सामुदायिक वनको रु दुई लाख र ढुकुरथुम सामुदायिक वनको रु एक लाख ४० हजार गरी रु ९० लाखको लागतमा सडक निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ।
 
सडक सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम दिक्तेल तथा तराईका विभिन्न जिल्ला आवतजावत गर्न सहज भएको छ।
 
निर्माण सम्पन्न गरे लगत्तै सञ्चालनमा ल्याइएको सडक गुणस्तरीय भएको अनुगमन टोलीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell