PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

रेडक्रसद्वारा तेइस लाखको सामग्री हस्तान्तरण



रासस

बर्दिया (गुलरिया) : विपद् प्रतिकार्यका लागि जिल्ला रेडक्रस बर्दियाले रु २३ लाख बराबरको सामग्री जिल्ला दैवीप्रकोप उद्वार समितिलाई हस्तान्तरण गरेको छ। 

जिल्ला दैवीप्रकोप उद्वार समितिको बैठकमा रेडक्रस बर्दियाका सभापति कृष्णप्रसाद गौतमले समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सो सामग्री हस्तान्तरण गरे।

बर्दियामा बाढीका बेला उद्वारका लागि रबड बोटको अभाव देखेर दातृनिकायलाई अनुरोधपछि युरेपियन कमिसनको सहयोगमा डिपेको– ८ अन्तर्गत सामग्री प्राप्त भएको रेडक्रस बर्दियाका सभापति गौतमले बताए।
 
वितरण गरिएको सामग्रीमा रवड बोट, सामग्री भन्डारण गर्ने कन्टेनर, लाइफ ज्याकेट, मेघा फोन, क्याराबिनर, स्ट्रेचर, फायर एक्स्टिङगुसरलगायतका सामग्री रहेका छन्।
 
बर्दिया जिल्ला बाढीले बर्सेनि प्रभावित हुने भएकाले सहयोग उपयोगी हुने प्रमुख जिल्ला अधिकारी थापाले बताए।
 
रेडक्रस बर्दियाका सभापति गौतमले दैवीप्रकोप उद्वार समितिले खोज तथा उद्वार सामग्रीको अभाव पहिचान गरेबमोजिमको सामग्री उपलब्ध गराएको जानकारी दिए।
 
त्यसैगरी रेडक्रस बर्दियाले ‘प्लान’ नेपालको सहयोगमा जिल्लाको राजापुर नगरपालिका, खैरीचन्दनपुर र सूर्यपटुवाको– ६ वटा विद्यालयमा बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell