PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

धनगढीको इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब



रासस

धनगढी : नेपाल इन्भेष्टमेन्ट बैंकको  धनगढी शाखाबाट २३ लाख रुपैयाँ गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख रुपैयाँ गायब भएको भन्ने ठाडो उजुरी आज परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए।
 
कुन प्रयोजनको रकम कसरी कहिले गायब भयो भन्ने विषयमा यर्थात जानकारी हुन सकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ।
 
बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell