PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

सशस्त्र प्रहरीको बेसक्याम्प बनाउन व्यापारीबाट रकम असुली



रासस

कैलाली : कैलालीको त्रिनगर सीमानाकामा सशस्त्र प्रहरीको बेसक्याम्पको भवन निर्माण गर्न उपभोक्ता समितिले भारतबाट नेपाल फर्किरहेका व्यापारीबाट रकम असुलिरहेका छन्। 

सशस्त्र प्रहरीको बेसक्याम्प भवनको निर्माणका लागि रु २० लाख लाग्ने भन्दै समितिले नेपाली व्यापारीबाट रु १०० र रु ५० को रसिद दिएर रकम असुली गरिरहेको नेपाली व्यापारीले गुनासो गरेका छन्।

नेपालीलाई आवतजावतमा सहज होस् भन्नाका लागि नै सशस्त्र प्रहरीको बेसक्याम्प राख्न स्थानीयवासीको सक्रियतामा निर्माण समिति गठन गरिएको र उक्त समितिको निर्णयअनुसार नै रसिद दिएर रकम लिइरहेको उपभोक्ता समितिले जनाएको छ।
 
सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुरज बस्नेतले भने स्थानीयवासीको सक्रियतामा क्याम्प निर्माण हुने र निर्माण सम्पन्न भएपछि मात्रै सशस्त्र प्रहरीलाई हस्तान्तरण हुने भएकाले रकम असुलीमा सशस्त्र प्रहरीको कुनै संलग्नता नरहेको जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell