PahiloPost

May 24, 2026 | १० जेठ २०८३

पूर्व राष्ट्रपति यादव भन्छन्- 'लोकतान्त्रिक प्रणालीलाई दलले संस्थागत गर्न सकेनन्'



रासस

पूर्व राष्ट्रपति यादव भन्छन्- 'लोकतान्त्रिक प्रणालीलाई दलले संस्थागत गर्न सकेनन्'

काठमाडौँ : पूर्व राष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई राजनीतिक दलहरुले संस्थागत गर्न नसकेको बताएका छन्।
 
आज ‘टोटल’ राष्ट्रिय मासिक पत्रिकाको सार्वजनिक गर्दै उनले देशको परिवर्तन गर्न सबै दल एक ठाउँमा उभिए पनि त्यही परिवर्तनबाट प्राप्त उपलब्धिलाई भने संस्थागत गर्न दलहरु असमर्थ रहेका बताए।
 
'२०१७ सालदेखि अहिलेसम्म तीनवटा परिवर्तन सबै दल र नेपाली समुदाय एक ठाउँमा उभिएर सम्भव भएको छ' उनले भने, 'तर राजनीतिक खिचातानीका कारण अहिलेसम्म प्राप्त उपलब्धि संस्थागत हुन सकेका छैनन्। देश अस्थिरतामा रहेको छ।'
 
उनले राजनीतिक दल सत्ताको खेलमा लागेर देशमा अस्थिरता भएको आरोप लगाए। 'कसैले आउँदो चुनाव हेरेका छन्। भोलि कसरी शासन गर्ने भन्ने चिन्तामा दलहरु देखिन्छन्' उनले थपे- 'देशको शासन प्रणालीलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान छैन।'
 
उनले आफूले दुई/चार महिना कुरेर भए पनि सबैलाई समेटेर संविधान जारी गरौँ भन्दा दलहरुले नमानेको उल्लेख गर्दै सत्ताको खेलमा लागेर त्यतिबेला संविधान जारी गरेको धारणा राखे।
 
उनले मधेसको समस्या राष्ट्रिय समस्या भएको भन्दै अहिलेकै संविधानभित्र रहेर मधेसको समस्या समाधान गर्नुपर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell