PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​दुर्घटनामा मोटरसाइलक चालकको मृत्यु



रासस

उर्लाबारी (मोरङ) : कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा गए राति मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्रयाक्टरसँग ठोक्किँदा एक युवकको मृत्यु भएको छ। 

विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को९प ८४५१ नंको मोटरसाइकल सडक किनारमा पार्किङ गरिराखेको को२त ३०७० नंको ट्रयाक्टरसँग ठोक्किँदा मोटरसाइकल चालक नाम, थर र वतन नखुलेका अन्दाजी ३०÷३२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell