PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • ​पाल्पामा ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु

    पाल्पा : तानसेन नगरपालिका–१२ सालघारीमा बुधबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन–१२ सालघारीमा खाद्यान्न बोकेको लु ३ त ६५२ नंको ट्रयाक्टर दुर्घटना हुँदा तानसेन नगरपालिका–१२ का २८ वर्षीय ट्रयाक्टर चालक विकास सारु (गोरे) को घटनास्थलमै मृत्यु भएको छ।  शवपरीक्षणका लागि जिल्ला अस्पताल तानसेनमा राखिएको छ। ट्रयाक्टर ब्याक गर्ने क्रममा दुर्घटना…

    विस्तृतमा पढ्नुस्

  • ​युवतीको शव जंगलमा फेला, ‘सामूहिक बलात्कार’पछि हत्या भएको प्रहरीको आशंका

    ​युवतीको शव जंगलमा फेला, ‘सामूहिक बलात्कार’पछि हत्या भएको प्रहरीको आशंका

    खोटाङ : जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन्। मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन्।  सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन्। सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता बिहान…

    विस्तृतमा पढ्नुस्

  • ​पोल गाडेको चार वर्ष बित्यो, विद्युत् आएन

    कञ्चनपुर : कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा पोल गाडिएको चारवर्ष बिते पनि अझैसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको छैन।  नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गाडेको र तार तानेको भएपनि विद्युत् सेवा सञ्चालन नगर्दा यहाँका सातसय परिवार मार्कामा परेका हुन्। ट्रान्सफर्मर जडान नगर्दा विद्युत् सेवा सञ्चालनमा आउन नसकेको स्थानीयवासी रामसहाय रानाले बताए। विद्युत् आउने आशामा घरमा गरिएको वायरिङसमेत मुसाले काट्न…

    विस्तृतमा पढ्नुस्

  • ​महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दुई करोड सहयोग

    ​महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दुई करोड सहयोग

    बेनी (म्याग्दी) : सामाजिक अभियन्ता महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अवधिमा रु दुई करोड सङ्कलन भएको छ।  राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि रु ५० करोड उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत सरकारी सहयोगबाहेक नै देश–विदेशमा रहेका नेपालीबाट ६ महिनाको अवधिमा सो रकम सङ्कलन भएको हो। अहिलेसम्म आफूले कसैलाई पनि सहयोगका…

    विस्तृतमा पढ्नुस्

  • दुई मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    रत्ननगर (चितवन) : चितवनको दारेचोकस्थित कुरिनटारमा दुईवटा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ।   गएराति ८:३० बजेको समयमा भएको सो दुर्घटनाबाट दारेचोक–३ कुरिनटारका २० वर्षीय पूर्णबहादुर चेपाङ गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।   सुरुमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग ८ प ६५६७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • बिहे भोज खाएर आएका मृत भेटिए

    चितवन : दक्षिण चितवनको माडीका एक पुरुष सुतेकै अवस्थामा मृत भेटिएका छन्। माडी नगरपालिका–५ बस्ने ३६ वर्षीय हरि तिवारी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। छिमेकी जीवन महतोका छोराको विवाहमा भोज खाई उनी घर आएर सुतेका थिए। बुधबार तिवारी सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक अरविन्दकुमार…

    विस्तृतमा पढ्नुस्

  • अपाङ्गमैत्री संरचना निर्माण गर्न माग

    काठमाडौँ : विद्यालय, सरकारी कार्यालय र सडकलगायत हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने माग गरिएको छ।   नेपाल अपाङ्ग मानव अधिकार केन्द्रद्वारा निर्मित गोङ्गबु नजिकै अपाङ्गता मैत्री सूचना तथा स्रोत केन्द्रको बिहीवार भवन उद्घाटन गर्दै कलाकार तथा समाजसेवीद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान पहुँच र सहभागिता हुनुपर्ने बताए।   महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव…

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा राष्ट्रपति रनिङ सिल्ड सुरु

    गुलरिया (बर्दिया) : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ।   राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले उद्घाटन गरे।   प्रतियोगिताको उद्घाटन गर्दै उपाध्यक्ष गौतमले खेलकुद स्वास्थ्यका लागि मात्र नभई देशकै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सांस्कृतिक सङ्घको निर्वाचन अविलम्ब गर्न माग

    काठमाडौँ : नेपाली कांग्रेसनिकट भ्रातृ सङ्गठन नेपाल सांस्कृतिक सङ्घको अधिवेशनमा अविलम्ब निर्वाचन गर्न माग गरिएको छ। यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घको अध्यक्ष पदका प्रत्याशी सुष्मा कार्कीले लोकतान्त्रिक प्रणालीमा सर्वसम्मत कायम गर्ने नाममा सम्बन्धित उम्मेदवारलाई परामर्श नगरिकन पदाधिकारी घोषणा गरेकाले त्यसलाई सच्याउन पार्टीका शीर्षस्थ नेतृत्वलाई आग्रह गरे। उनले एक साताभित्र सो अधिवेशनलाई केन्द्रीय नेतृत्वले निर्वाचनको प्रक्रियामा नलगिएमा आफू न्यायका लागि…

    विस्तृतमा पढ्नुस्

  • माछा मार्न जाँदा डुबेर बालकको मृत्यु

    दुनै (डोल्पा) : डोल्पाका एक बालकको ठूलो भेरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा नर्क–३ निवासी ९ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।   शाहीको बुधबार माछा मार्न गएको बेला भेरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। मृत शाहीको शव प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि भेटिएको स्थानीयवासी पुष्पराज शाहीले बताए।

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा औषधि खरिदका लागि सात करोड निकासा

    डडेल्धुरा : स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख निकासा गरेको छ। स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्य÷स्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु छ करोड ८७ लाख औषधि खरिदका लागि निकासा गरेको हो।   भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि रु छ करोड ८७…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्यायो रु ९६ करोड

    काठमाडौँ : स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ। सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिवद्धताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन अहिले रु ९६ करोड उपकरण खरिदका लागि छुट्याइएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए। उनले सबै २०१ प्राथमिक स्वास्थ्य केन्द्रको भवन, चिकित्सक, औषधि र…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी गुणस्तर सुधारसम्बन्धी एकचालिस आयोजना सञ्चालन गरिने

    काठमाडौँ : खानेपानी तथा ढल निकास विभागले खानेपानी गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्ने भएको छ। सबै जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ काम गरेको विभागले ३१ जिल्लामा गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्न लागेको हो। विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३१ जिल्लामा प्रशोधन केन्द्र स्थापना गरेर खानेपानीको सुधार गर्न लागेको जानकारी दिए। उनले भने, 'शुद्ध खानेपानी सबैलाई खुवाउने उद्देश्यका…

    विस्तृतमा पढ्नुस्

  • आसन्न स्ववियु निर्वाचनका लागि जुटे विद्यार्थी सङ्गठन

    पोखरा : आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पोखराका विद्यार्थी सङ्गठन आ–आफ्नो तयारीमा जुटेका छन्। निर्वाचनका कारण यहाँका क्याम्पसमा चहलपहल बढेको छ। पछिल्लो समय विद्यार्थी सङ्गठनले भेला र कार्यकर्ता भेटघाट बढाएका छन्। विभिन्न कारणले २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन। स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले आफ्नो तयारीलाई तीव्र बनाएको सो सङ्गठनका जिल्ला अध्यक्ष विवेक देवकोटाले…

    विस्तृतमा पढ्नुस्

  • दुई वटा ट्रक ठोक्किँदा एक चालकको मृत्यु, अर्का गम्भीर घाइते

    लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा आज बिहान दुई ट्रक एकापसमा ठोक्किँदा एक चालकको मृत्यु भएको छ भने अर्का चालक गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ७१२ र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। सो दुर्घटनामा परी बा ४ ख ७१२ नम्बरको ट्रकका चालक मकवानपुरको आमभन्जाङ–४…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट घर फर्किँदै गरेका एक नेपाली हराए

    कैलाली : भारतको मुम्बईबाट घर फर्किने क्रममा अछाम जिल्ला पायल गाविस घर भई हाल अत्तरिया नगरपालिका–१३ बस्ने युवक वीरेन्द्र खत्री बाटोबाटै सम्पर्कविहीन भएका छन्।   यही माघ २१ गते खत्री घर फर्किने क्रममा बाटोमा पर्ने भारतको लखिमपुर पुगेपछि आफू घर आउँदैछु भन्ने जानकारी दिउँसो फोनमार्फत घरपरिवारलाई दिएकोमा त्यसपछि भने सम्पर्कविहीन भएको खत्रीका परिवारलाई उर्द्धत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • कञ्चन सामुदायिक क्याम्पसमा आगजनी

    भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरमा रहेको कञ्चन सामुदायिक क्याम्पसमा गएराति अज्ञात समूहले आगजनी गरेका छन्। क्याम्पसको प्रशासन र लेखाकक्षमा गरिएको आगजनीका कारण क्याम्पसका सबै कागजात जलेर पूर्णरुपमा नष्ट भएका छन्। मध्यरातमा गरिएको आगजनीबारे क्याम्पसमा रहेका चौकीदारले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेको प्रहरीले दमकलको सहारामा आगो नियन्त्रणमा लिएको थियो।   आगजनी कसले र किन ग¥यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी र व्यवसायी हत्यामा संलग्न राना पक्राउ

    भीमदत्तनगर : प्रहरी सहायक निरीक्षक र भारतीय मूलका नागरिकलाई हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। २०६६ मा भारतीय मूलका व्यापारी विशाल जैन तथा प्रहरी सहायक निरीक्षक भङ्गी रानालाई हत्या गरी फरार रहेका कञ्चनपुरको बेलौरीका धनबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोस्टवान्टेड सूचीमा रहेका रानालाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोले कञ्चनपुरको बेलौरीबाट पक्राउ गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • आयुर्वेदिक औषधिप्रति आकर्षण घट्दो

    भोजपुर : विगत वर्षयता आयुर्वेदिक औषधिप्रति जनसमुदायको आकर्षण दिनप्रतिदिन घट्दै गइरहेको छ।   पछिल्लो समयमा अस्पतालको उपचारमा वृद्धि भएसँगै आयुर्वेद तथा प्राकृतिक औषधिप्रति जनसमुदायको आकर्षण घटेको जिल्ला आयुर्वेद औषधालय भोजपुरले जनाएको छ। आयुर्वेद पद्धतिका बारेमा जनतामा चेतनाको कमीका कारणले पनि यस पद्धति प्रयोग गर्नेको सङ्ख्यामा कमी आएको हो।   भोजपुर कुलुङका अकलबहादुर राईले भने, 'बिरामी भएको बेला तत्काल सञ्चो नगर्ने…

    विस्तृतमा पढ्नुस्

  • पुनर्संरचना आयोगको प्रतिवदेनमाथि पाँच राजनीतिक दलको छलफल, चाँडै अन्तिम रुप दिन निर्देशन

    काठमाडौँ : प्रमुख पाँच राजनीतिक दलले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई चाँडो अन्तिम रुप दिएर सरकारमा सुझाव पेस गर्न गठित समितिलाई निर्देशन दिएका छन्। सिंहदरबारमा आज भएको छलफलमा पुनर्संरचना आयोगको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी मन्त्रिपरिषद्‍मा सुझाव पेस गर्न गठित समितिलाई सो प्रतिवेदनलाई अन्तिम रुप दिन भनिएको हो। कार्यदलका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आयोगले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell